फुरुम्बो–पालुङ्गा बंस प्रतिष्ठानद्वारा साहिल लिम्बूलाई सम्मान
ताप्लेजुङ | पुस १८, २०७९
ताप्लेजुङ: ताप्लेजुङस्थित फुरुम्बो–पालुङ्गा बंस प्रतिष्ठानले गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल सिजन–४’ को अन्तिम चारमा पुग्न सफल सहिला फूरुम्बो लिम्बूलाई सम्मान गरेको छ । द भ्वाइस अफ नेपालमार्फत नवोदित कलाकारका रूपमा आफूलाई स्थापित गर्न सफल भएकोभन्दै प्रतिष्ठानले उहाँलाई सम्मानित गरेको हो ।
सदरमुकाम फुङ्लिङमा एक कार्यक्रमको आयोजना गरी फूरुम्बो पालुङ्गा बंस प्रतिष्ठानका साधारण सदस्यसमेत रहनुभएका फुरुम्बो लिम्बूलाई सम्मान गरिएको छ । फुङ्लिङ नगरपालिका –१० फुरुम्बुका लिम्बूले भर्खरै सम्पन्न सिजन–४ मा अन्तिम चारमा पुग्दै चौथो स्थान हासिल गर्न सफल हुनुभएको थियो ।
आगामी दिनका लागि थप सफलताको शुभकामना दिँदै कदरपत्रद्वारा सम्मान गरिएको प्रतिष्ठानका सदस्य हर्कराज पालुङवाले जानकारी दिनुभयो । नवोदित कलाकार फुरुम्बो पछिल्लो समय सङ्गीत क्षेत्रमा समय दिँदै आउनुभएको छ ।
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...
गोरखा: गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...
ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा...

